
कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाको उल्लंघन गर्दै बालुवाटार क्षेत्रमा विरोध प्रदर्शनमा उत्रिएका अभियान्ता खगेन्द्र संग्रौलासहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी कार्यालय काठमाडौंका आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालले १४ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप गरिएकोमा विरोध जनाउँदै प्रदर्शनमा उत्रिएका अभियान्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गरेका अभियान्तालाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको प्रहरीले जनाएको छ ।