३१ जेठ २०८३, आइतबार

रक्तश्राव नरोकिएपछि हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

जेठ २८, २०७८
रक्तश्राव नरोकिएपछि हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

संखुवासभाको सिलिचोङ गाउँपालिका–४ की सुत्केरी २६ वर्षीया मुना विश्वकर्माको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

अत्यधिक रक्तश्राव हुन थालेपछि सुत्केरी मुनालाई हेलिकप्टरबाट उद्धार गरिएको हो । 

अत्यधिक रक्तस्राव भएपछि उनको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

सुत्केरीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अस्पताल प्रशासनको पहलमा थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको थापाथली प्रसूति गृहमा सिफारिस गरिएको जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्