१७ असार २०८३, बुधबार

कर्णाली सरकारमा सहभागी एमालेका मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिइने

जेठ २८, २०७८
कर्णाली सरकारमा सहभागी एमालेका मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिइने

नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले सरकारमा सहभागी मन्त्रीलाई हट्न निर्देशन दिने बताएका छन् ।

‘फ्लोर क्रस’ गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएका एमालेका ४ सदस्यलाई तत्काल राजीनामा दिएर सरकार छाड्न निर्देशन दिइने शाहले बताए ।

दलको बैठक बसेर तत्काल सरकारबाट बाहिरिन निर्देशन दिइने उनले जानकारी दिए ।

अदालतको फैसलाअनुसार चारै जना एमालेको प्रदेशसभा सदस्य भएकाले अब दलको ह्वीप मान्नुपर्ने शाहको भनाइ छ । एउटा दलको चुनाव चिह्नबाट चुनाव जितेर आएपछि म त्यो दलको होइन म नीतिनियम मान्दैन भन्न नपाउने भएकाले पार्टी र संसदीय दलको विधानअनुसार चल्नुपर्ने उनको तर्क छ ।

दल बदलको कानूनअनुसार कारवाही गरिएको उल्लेख गर्दै उनले भने, ‘कि सरकार छाडेर दल मातहत आउनु पर्‍यो नत्र कारवाहीको भागिदार हुनुपर्‍यो ।’

salt training

कमेन्ट गर्नुहोस्