०६ असार २०८३, शनिबार

दाङमा अमिनले जग्गा नापजाँच गर्दा युवाले चलाए गोली

जेठ २८, २०७८
दाङमा अमिनले जग्गा नापजाँच गर्दा युवाले चलाए गोली

अमिनसहितको टोलीले जग्गा नापजाँच गर्दै गर्दा दाङको तुलसीपुरमा शुक्रबार दिउसो गोली चलेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–८ टिकरी बस्ने २४ वर्षीय पूर्ण वली स्थानीय मिलन केसीलाई ताकेर गोली प्रहार गरेका थिए । 

संयोगवश गोली उनलाई लागेन । गोली प्रहार गरी रा २ प ६७९२ नम्बरको मोटरसाइकलमा भाग्दै गर्दा वली र मोटरसाइकल चलाउने २१ वर्षीय आकाश चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तलुसीपुरका प्रहरी निरीक्षक झलक शर्माले लोकान्तरलाई जानकारी दिए । प्रहरीले दुवै जनालाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । 

‘असवारा बनारी कुलो निर्माणको क्रममा अमिनसहितको टोली नापजाँचमा थियो’ शर्माले भने, ‘नापजाँच भइरदा वलीले कुलोले आफ्नो जग्गा मिचेको भनेर गोली चलाएको देखियो । पूर्ण ओली गोली चलाएर भाग्दै गर्दा पक्राउ गरिएको मोटरसाइकलमा भाग्दै गर्दा चौधरीले चलाएको थियो ।’ उनीहरुमाथि अनुसन्धान हुँदैछ । उनीहरुलाई इप्रका तुलसीपुरमा राखिएको छ ।

उनीहरूलाई शुक्रबार दिउँसो टिकरी नजिकै अश्वारा गनारी कुलोबाट पक्राउ गरिएको जानकारी दिए । उनले जग्गा विवादमा गोली चलेको बताए । तर, कसलाई गोली प्रहार गरिएको हो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
 

कमेन्ट गर्नुहोस्