०४ साउन २०८३, सोमबार

पक्राउ परेको भोलिपल्टै २ हजार जरिवाना तिरेर छुटे गणेश लामा

पक्राउ परेको भोलिपल्टै २ हजार जरिवाना तिरेर छुटे गणेश लामा

पोखराको एक रेष्टुरेन्टबाट बिहीबार पक्राउ परेका डन गणेश लामा रिहा भएका छन् ।

निषेधाज्ञा तोडेर पोखरा आएको आरोपमा प्रहरीले उनलाई समाएको हो ।

उनीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर बैदाम प्रहरी चौकीमा राखेको थियो ।

राजनीतिक चलखेलका लागि पोखरा आएको आशंका गरिएका लामासहित तीन जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट शुक्रवार दिउँसो रिहा गर्ने आदेश आएपछि रिहा गरिएको नेविसंघ कास्कीका नेता सरोज केसीले जानकारी दिए ।

२/ २ हजार जरिवाना तिराएर उनीहरूलाई छाडिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

लामालाई तत्काल रिहा नगरे सडक आन्दोलनमा उत्रिने भन्दै कास्की काँग्रेसले यसअघि चेतावनी दिएको थियो । 

रिहापछि लामाले काँग्रेस पार्टीकै निर्देशनमा पोखरा आएको दाबी गरेका छन् ।
 

कमेन्ट गर्नुहोस्