२८ असार २०८३, आइतबार

मानसरोवर रोड बनाउने बीआरओलाई भारतका रक्षामन्त्री राजनाथ सिंहले दिए धन्यवाद

जेठ २८, २०७८
मानसरोवर रोड बनाउने बीआरओलाई भारतका रक्षामन्त्री राजनाथ सिंहले दिए धन्यवाद

भारतका रक्षामन्त्री राजनाथ सिंहले देशको सीमावर्ती क्षेत्रमा सडक तथा सुरुङ बनाउने कामदार तथा इन्जिनीयरहरूलाई शुक्रवार धन्यवाद दिएका छन् । 

त्यसक्रममा बीआरओले नेपालको समेत भूमि हुँदै बनाएको कैलाश मानसरोवर सडकको पनि चर्चा गरे ।

विगत पाँचसात वर्षमा बीआरओले उल्लेख्य उपलब्धि हासिल गरेको भन्दै गर्दा उनले मानसरोवर सडकको कुरा झिकेका हुन् । 

पोहोर साल बीआरओले धारचुलालाई लिपुलेकसँग जोड्ने कैलाश मानसरोवर यात्रा मार्गको ८० किलोमिटर सडकको उद्घाटन गरेका थिए । 

नेपालको भूमि अतिक्रमण गर्दै बनाइएको उक्त सडकको नेपालले विरोध गरेको भए पनि भारतले त्यसलाई बेवास्ता गरेको छ । 

अहिले पनि नेपालको घोडेटो बाटो नै पुरिने गरी भारतले महाकाली नदीको तिरमा सडक निर्माणको काम जारी राखेको छ ।

आजको कार्यक्रममा सिंहले चारवटा सफ्टवेयरको शुभारम्भ गर्दै यसले संगठनको कामलाई थप प्रभावकारी बनाउने बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्