०९ साउन २०८३, शनिबार

पछिल्लो २४ घन्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण, ६७ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण, ६७ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा मुलुकभर थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१५ हजार १ सय ८२ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या ६ लाख २३ हजार १५१ पुगेको छ । 

यस दिन ६७ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मुलुकभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ । 

यस दिन ५ हजार २२५ जना संक्रमित उपचारपछि निको भएका छन् । हालसम्म मुलुकभर संक्रमणमुक्त हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्