०३ असार २०८३, बुधबार

कोरोना संक्रमणबाट २ जनाको मृत्यु

जेठ २८, २०७८
कोरोना संक्रमणबाट २ जनाको मृत्यु

कोरोना भाइरस संक्रणबाट पाँचथरमा २ जनाको निधन भएको छ ।

तीमध्ये १ संक्रमित महिलाको मुखबाट रगत बान्ता (यूजीआई ब्लिडिङ) का कारण मृत्यु भएको छ । 

तेह्रथुमको आठराई घर भई फिदिममा बस्दै आएका ६५ वर्षीया महिलाको शुक्रवार पाँचथर जिल्ला अस्पतालमा मृत्यु भएको हो । जेठ २५ गते गरिएको एन्टिजेन परीक्षणमा उनीसहित परिवारका अन्य सदस्यमा समेत कोरोना पुष्टि भएको थियो ।

उनका पति पनि संक्रमित भई अस्पतालमा उपचाररत छन् ।

होम आइसोलेसनमा रहेकी ती महिलालाई स्वास्थ्यमा समस्या आएपछि शुक्रवार अस्पताल पुर्‍याइएको जनाइएको छ । संक्रमित महिलाको मुखबाट रगत बान्ता गर्ने समस्याका कारण ज्यान गएको जिल्ला अस्पतालका सिनियर अहेब उमेश शाहले जानकारी दिए ।

विशेषतः कोरोनाजस्ता जटिल अवस्थामा हुने मद्यपानले यस प्रकारका समस्या निम्त्याउने गरेको उनको भनाइ छ । जिल्लामा बिहीवार पनि २ संक्रमितको मृत्यु थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्