०१ असार २०८३, सोमबार

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

भारतीय राजदूत विनय मोहन क्वात्राले शुक्रबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका छन् ।

 कोभिड-१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्यााउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई भेन्टिलेटर, आइसीयु वेडहरु, पीपीई सेट र एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा महारथी थापाले भारतीय राजदूतलाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि हार्दिक आभार तथा धन्यवाद प्रकट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयकले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्