०७ असार २०८३, आइतबार

प्रधानमन्त्री ओलीलाई मार्छु भन्ने प्रदेशसभा सदस्यलाई तत्काल पक्राउ गरियोस्ः पोखरेल

प्रधानमन्त्री ओलीलाई मार्छु भन्ने प्रदेशसभा सदस्यलाई तत्काल पक्राउ गरियोस्ः पोखरेल

एमाले नेता आनन्द पोखरेलले प्रधानमन्त्रीलाई मार्छु भनेर बागमती प्रदेशसभामा बोल्ने प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई विपक्षी गठबन्धनका नेता कार्यकर्ताले राजनैतिक रुपमा मात्रै नभइ भौतिक रुपमै सफाइ गर्न सक्ने सूचना आइसकेको बेला काँग्रेसको तर्फबाट प्रदेशसभा सदस्य रहेका वैद्यबाट आएको यो अभिव्यक्ति अत्यन्तै गम्भीर रहेको पोखरेलको भनाइ छ । 

'केही समय यता हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष एबम् सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठबन्धन लागेका केही दलका नेता तथा कार्यकर्ताहरूले राजनीतिक र वैचारिक रुपमा मात्र होईन भौतिक रुपमा उहाँलाई सफाई गर्न सक्ने सूचना प्राप्त भैरहेको थियो । हामी त्यसलाई सुक्ष्म रुपले अध्ययन गरिरहेका थियो', उनले भनेका छन्, 'हिजो काँग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले बागमती प्रदेश सभाको बैठकको रोष्टममै उभिएर महात्मा गान्धीलाई नथुराम गोड्सले मारे झै केपी शर्मा ओलीलाई मार्नु  पर्छ र मार्छु भनेर बोलेका छन ।'

उनले प्रदेश सभाको बैठकमा एमालेका अध्यक्ष र प्रधानमन्त्री लाई हत्या गर्छु भनेर बोल्ने व्यक्तिलाई प्रदेश सभाबाट निलम्बन गरि तत्कालै पक्राऊ गरि ज्यान मार्ने उधोग गरेको अभियोग मुद्दा चलाउन माग गरे । उनले यो अभिव्यक्तिमा षड्यन्त्र लुकेको पनि दावी गरेका छन् ।

कमेन्ट गर्नुहोस्