२७ असार २०८३, शनिबार

विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न प्रदेश सांसद वैद्यलाई कांग्रेसको निर्देशन

विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न प्रदेश सांसद वैद्यलाई कांग्रेसको निर्देशन

 नेपाली कांग्रेसले बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ । 

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले शनिवार एक विज्ञप्ति जारी गर्दै वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको जनाएका छन् । 

उनले पार्टीको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न समेत उनलाई सचेत गराएको जनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्