१४ असार २०८३, आइतबार

महानगरीय प्रहरी बृत्त लैनचौर प्रमुखको जिम्मेवारीमा डीएसपी बिष्ट

महानगरीय प्रहरी बृत्त लैनचौर प्रमुखको जिम्मेवारीमा डीएसपी बिष्ट

महानगरीय प्रहरी बृत्त लैनचौर (सोह्रखुट्टे) को प्रमुखको जिम्मेवारी डीएसपी प्रमेश बिष्टले पाएका छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालयको निर्देशनमा महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी बिष्टले लैनचौर (सोह्रखुट्टे) बृत प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

गतबर्ष डीएसपीमा बढुवा भएपछि महानगरीय प्रहरी परिसर काठमाडौंमा पदस्थापन भएका डीएसपी बिष्टले केही समय काठमाडौं प्रहरी प्रवक्ताको जिम्मेवारी समेत निभाइसकेका छन् ।

यसअगाडी लैनचौर बृतको प्रमुख रहेका डीएसपी दीपक खड्कालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले कारबाहीको लागि भन्दै महानगरीय प्रहरी परिसर काठमाडौं तानेको थियो । डीएसपी खड्काले निर्धारित एकबर्षे कार्यकाल पूरा गरिसकेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्