
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असार ३ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा असार ३ गते दिउँसो २ः०० बजे बस्ने तय भएको छ ।
शनिवार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर सम्बन्धी प्रस्ताव तयार गरेको छ ।
केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन कार्यतालिका हेरफेरको विषयमा छलफल हुने जनाइएको छ ।
