१३ असार २०८३, शनिबार

काबुलको दुई फरक क्षेत्रमा भएको विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु

जेठ २९, २०७८
काबुलको दुई फरक क्षेत्रमा भएको विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा शनिबार अपराह्नमा भएको विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।  काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो । यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालकोनजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ ।

यस घटनामा परी अन्य केही व्यक्ति गम्भीर घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने समेत गृह मन्त्रालयले अनुमान गरेको छ । यसै महिनाको शुरुमा काबुलमा  भएको यस्तै दुई ओटा विस्फोटमा परी १२ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्