२३ असार २०८३, मंगलबार

साढे ३ वर्षपछि नेपाली कांग्रेस सत्तामा !

साढे ३ वर्षपछि नेपाली कांग्रेस सत्तामा !

झण्डै साढे ३ वर्षको अन्तरालपछि नेपाली कांग्रेस सत्तामा पुगेको छ । संघदेखि प्रदेशसम्मका सरकारमा प्रतिपक्षी भूमिकामा रहेको कांग्रेस तीनवटा प्रदेश सरकारमा सहभागी भएको छ ।
 एमाले र माओवादी मिलेर बनेको नेकपा एकता भंग भएपछि कांग्रेसलाई सत्तारोहणको बाटो खुलेको हो । २०७४ फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुपूर्व कांग्रेसको नेतृत्वमा सरकार थियो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएपछि केन्द्र र प्रदेशमा कांग्रेस प्रतिपक्षी भूमिकामा थियो । यो महिना कांग्रेस तीनवटा प्रदेशको सरकारमा सहभागि भएको छ । कर्णाली प्रदेशमा दुइ मन्त्रीसहित सरकारमा सहभागि भएको कांग्रेस, दुईदिन अघिमात्र प्रदेश २ को सरकारमा सहभागि भएको थियो ।

गण्डकी प्रदेशमा भने कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन सफल भएको छ । कर्णाली प्रदेशमा माओवादी नेतृत्वको सरकार जोगाउन कांग्रेसले काँध थापेपछि गण्डकीमा माओवादीले कांग्रेसलाई सघाउदा नयाँ सरकार बनेको हो ।
गठबन्धनमा खटपट नआए गण्डकीका मुख्यमन्त्री पोखरेलले १७ महिना सरकार चलाउन पाउने छन् । २०७९ को मंसिरमा भने आवधिक निर्वाचन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्