२८ असार २०८३, आइतबार

हसनलाई तीन खेलको प्रतिबन्ध

जेठ ३०, २०७८
हसनलाई तीन खेलको प्रतिबन्ध

अलराउण्डर शकिब अल हसनलाई ढाका प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटमा तीन खेलको प्रतिबन्ध लागेको छ ।

बंगलादेश क्रिकेट बोर्डले शनिवार मोहम्मदान स्पोटिङ क्लबबाट खेलिरहेका हसनलाई तीन खेलको प्रतिबन्ध लगाएको हो ।

यस्तै हसनलाई ५ लाख टाका जरिवाना समेत गरिएको छ ।

ढाका प्रिमियर लिग अन्तर्गत शुक्रवार खेल भावना विपरित कार्य गरेको भन्दै बोर्डले प्रतिबन्ध र जरिवाना गरेको हो ।

कप्तान समेत रहेका हसनले शुक्रबार अबाहानी लिमिटेडविरुद्ध अम्यायारले आउट नदिएपछि स्टम्प खुट्टाले हान्दै उखेलेर फालेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्