१३ असार २०८३, शनिबार

निषेधाज्ञा खुकुलो बनाउँदै लैजान नाडाको माग

निषेधाज्ञा खुकुलो बनाउँदै लैजान नाडाको माग

नाडा अटोमोबाइल्स एशोसिएशनले निषेधाज्ञा खुकुलो बनाउँदै लैजान सरकारसँग आग्रह गरेको छ ।

सरकारले हाल घट्दो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्टिगत गर्दै निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लैजान नाडाले अपिल गरेको हो । 

नाडाले यथासक्य जनतालाई छिटो भन्दा छिटो खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरूको कडाइकासाथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनु पर्ने पनि माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्