२७ असार २०८३, शनिबार

गोल गरेपछि चिच्याए लुकाकु–क्रिस आई लभ यू

जेठ ३०, २०७८
गोल गरेपछि  चिच्याए लुकाकु–क्रिस आई लभ यू


डेनमार्डका मिडफिल्डर क्रिष्टियन एरिक्सनको सम्मानमा बेल्जियम स्टार रोमेलु लुकाकुले गोल समर्पित गरेका छन् । रुसविरुद्धको खेलमा उनले १० औं मिनेटमा गोल गरेका थिए । सो गोललगत्तै उनी  मैदानको साइडमा राखिएको टेलिभिजन क्यामेरा नजिक आए र एरिक्सनलाई सम्झिए ।  उनले क्यामेरातर्फ फर्किएर चिच्याए – क्रिस आई लभ यू ।

शनिबार राति डेनमार्क र फिनल्यान्डबीचको खेल चलिरहँदा एरिक्सन मैदानमै ढलेका थिए । हाल उनको होस खुलेको र अस्पतालमा उपचार भइरहेको छ ।
लुकाकुले एरिक्सनको सम्मानमा एक गोल समर्पित गरेको खेलमा बेल्जियमले रुसलाई ३–० ले पराजित गरेको छ ।  जसमा लुकाकुले दुई गोल गरे ।

स्मरण रहोस् लुकाकु र एरिक्सन इन्टर मिलानबाट खेल्छन् भने दुबै टीममा प्रभावशाली खेलाडी मानिन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्