२४ असार २०८३, बुधबार

फूटबल मैदानमा त्यो प्रलयकारी १० मिनेट, अनि जागे एरिकसन

जेठ ३०, २०७८
फूटबल मैदानमा त्यो प्रलयकारी १० मिनेट, अनि जागे एरिकसन

हिजो राति फिनल्यान्ड र डेनमार्कबीचको फूटबल खेलमा डेनिस खेलाडी क्रिस्चियन एरिकसन एक्कासि मैदानमा ढले अनि उनको नाडी पनि सुस्त गतिमा मात्र चल्यो । 

डेनमार्क टोलीका चिकित्सक मोर्टेन बोएसनले एक सेकेन्ड पनि खेर फाल्नुहुँदैन भन्ने थाहा पाइहाले । 

‘उनी सास फेरिरहेका थिए, नाडी सुस्त गतिमा चलेको थियो । तर त्यो अचानक परिवर्तन भयो,’ बोएसनले भने । ‘हामीले उनलाई सीपीआर दिएको सबैले देखे ।’

त्यसपछिको १० मिनेट युरोकपको म्याचकै सबभन्दा डरलाग्दो क्षणका रूपमा आयो । अनेकौं स्वास्थ्यकर्मीहरूले एरिकसनको छाती थिचे अनि उनको टीमका अन्य खेलाडीहरू आँसु रोकेर बसे । उनीहरूले एरिकसनलाई भीडले नदेखोस् भनी घेरा बनाए । 

त्यस अवधिसम्ममा पार्कन स्टेडियममा पूर्ण मौनता छाएको थियो । एरिकसन होशमा आएपछि भने स्टेडियममा खुशीको लहर दौडियो । 

‘हामीले एरिकसनलाई होशमा ल्याउन सक्यौं,’ बोएसनले बताए । ‘उनलाई अस्पताल लग्नुअघि उनले मसँग कुरा गरे ।’

शनिवार राति एरिकसन स्थिर अवस्थामा थिए । उनलाई कोपनहेगनस्थित अस्पताल लगिएको थियो । 

खेलको ४३औं मिनेटमा उनस् मैदानमा ढलेका थिए । त्यसपछि खेल ९० मिनेटसम्म रोकिएको थियो । पछि दुवै टीमका खेलाडीको सहमतिमा खेल भएको थियो । 
 

एरिकसनले एउटा सानो पास खेलेपछि अगाडिपट्टिबाट मैदानमा ढलेका थिए । उनको टीमका साथीहरूले तत्कालै सहायता मगाएका थिए । स्वास्थ्यकर्मीहरू तत्कालै मैदानतर्फ दौडेका थिए । 
 

एरिकसनकी प्रेमिका सबरिना क्विस्ट जेनसन मैदानमा पुगिन् र उनलाई डेनमार्कका कप्तान साइमन काएर र गोलकीपर कास्पर शमेशेलले सान्त्वना दिएका थिए । 
 

एरिकसनलाई मैदानबाहिर उपचारका लागि लगिँदा दर्शकहरूले चर्को स्वरमा सम्मान गरेका थिए । 
 

एरिकसनलाई कोभिड–१९ लागेको थिएन र उनलाई कुनै स्वास्थ्य समस्या पनि थिएन । 
 

एरिकसन डेनमार्कका सबभन्दा चर्चित फूटबलरमध्ये एक हुन् । उनी मैदानमा ढलेपछि १५ हजार प्रशंसकहरू पूरै मौन बनेका थिए । केही समर्थकहरू रोएका थिए अनि साथीलाई अँगालो हालिरहेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्