चीनमा संसारको सबभन्दा लामो परेलाको कीर्तिमान आफैंले तोडेकी छन् ।
उनको परेलाको रौंको लम्बाइ आठ इन्च छ ।
भगवान् बुद्धले उपहारका रूपमा यति लामो परेला दिएको महिलाको दाबी गरेकी छन् ।
चाङ्जोमा बस्ने यू जियानजियाले सन् २०१६ मा ४.८८ इन्चको परेलासहित गिनिजमा नाम लेखाएकी छन् ।
विगत पाँच वर्षमा उनको परेलाको लम्बाइ बढेको हो ।
परेलाको रौं उनको चिउँडोसम्म पुगेका छन् ।
यति लामो परेला पाउनका लागि उनले डेढ वर्षसम्म पहाडमा साधना गरेकी थिइन् ।
अरू मानिसको तुलनामा आफ्ना परेला किन यति लामो छन् भनी बुझ्न उनी चिकित्सककहाँ पुगेकी थिइन् । चिकित्सकले पनि यसको कारण बताउन सकेनन् ।
उनको परिवारमा अरू कसैको पनि यति लामो परेला छैन ।
यसलाई विज्ञानले नभई ईश्वरीय हस्तक्षेपमार्फत मात्र बुझ्न सकिने उनको भनाइ छ । पहाडमा ४८० दिन बिताएर साधना गरेकाले भगवान् बुद्धले लामो परेलाको उपहार दिएको उनको भनाइ छ ।