
साताको पहिलो दिन आइतबार शेयर बजारमा एकैदिन १९ अर्ब ५५ करोड बढीको शेयर कारोबार भएको छ । यो रकम एकैदिन कारोबार भएको हालसम्मकै उच्च हो ।
यसअघि जेठ २३ गते आइतबार १३ अर्ब २७ करोडको शेयर कारोबारको रेकर्ड थियो । एक हप्तामै पुरानो रेकर्ड २ अर्ब २८ करोडको कारोबार रकम बढेर तोडिएको हो ।
यसदिन २२० कम्पनीका ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर १ लाख ८२ हजार ४३० वटा संख्यामा कारोबार भएको छन् । दिनभर १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँको शेयर खरीद बिक्री भएको छ ।