०५ साउन २०८३, मंगलबार

केही खुकुलो पारेर एक साता थपियो निषेधाज्ञा, किराना पसल ११ बजेसम्म खोल्न पाइने

केही खुकुलो पारेर एक साता थपियो निषेधाज्ञा, किराना पसल ११ बजेसम्म खोल्न पाइने

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साताका लागि थपिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतवारको बैठकले केही खुकुलो पारेर असार ७ गते मध्यरातसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

अब किराना तथा खाद्य सामग्रीका पसलहरू र स्टेशनरी पसल बिहान ११ बजेसम्म खुल्न पाउने छन् भने रेस्टुरेन्ट तथा होटलहरूले होम डेलिभरी वा टेक अवे सेवा दिन सक्नेछन् ।

विकास निर्माण सामग्रीका पसलहरू ४ बजेदेखि खुल्न पाउने तथा सहकारी र रेमिटहरू साताको २ दिन सञ्चालन गर्न पाउने निर्णय पनि भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले जानकारी दिए । 

उनका अनुसार अनलाइन डेलिभरी सेवा पनि सञ्चालन गर्न पाइने भएको छ । 

कमेन्ट गर्नुहोस्