०३ असार २०८३, बुधबार

भद्रपुर नगरपालिकाको उपप्रमुखमा एमाले उठायो अधिवक्ता 

कात्तिक २०, २०७४
भद्रपुर नगरपालिकाको उपप्रमुखमा एमाले उठायो अधिवक्ता 

काँकडभिट्टा (झापा), २१ जेठ - कालो कोटमा सजिएर अदालतमा वकालत गर्दै लामो अवधि बिताउनु भएकी भद्रपुरकी अधिवक्ता चन्द्रा श्रेष्ठ यतिबेला सूर्य चिन्हमा भोट माग्दै जनताको घर आँगनमा पुगिरहनुुभएको छ ।

कानुन व्यवसायसँगै राजनीति रोज्दै आउनुभएकी श्रेष्ठ नेकपा एमालेको तर्फबाट भद्रपुरको उपप्रमुख पदका उम्मेदवार हुनुहुन्छ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लाग्नुभएकी उहाँले पछिल्लो समय अनेमसङ्घमार्फत एमालेको राजनीतिक मोर्चामा सशक्त उपस्थिति देखाउँदै आउनुभएको छ ।

काममा लगनशील, इमान्दर र पार्टीको बफादार कार्यकर्ता मानिने श्रेष्ठलाई पार्टीले स्थानीय तहको नगरको उपप्रमुखको टिकट दिएको छ जुन पद जितेमा उहाँले नगरको न्यायपालिकाको प्रमुखको जिम्मेवारी नै सम्हाल्नुहुनेछ ।

विगतमा पार्टीभन्दामाथि उठेर भद्रपुर नगरवासीको सशक्तीकरण र उत्थानका लागि धेरै काम गरेको उहाँ बताउनुहुन्छ । “मेरो जित्ने आधार नै हिजोको कामको मूल्याङ्कन हो, मैले कहिल्यै कसैलाई पनि जाति र पार्टीको आधारमा विभेद गरिनँ र गर्दिनँ पनि” – उहाँ भन्नुहुन्छ ।

झापाकै पुरानो नगरपालिकाको रुपमा रहेको भद्रपुरमा आदिवासी जनजाति र अल्पसङ्ख्यकको बाहुल्यता छ । उनीहरुमाथि विभेद, हिंसा अत्यधिकरुपमा हुने गरेको श्रेष्ठको बुझाइ छ । उहाँले वकालती पेसामा हुँदासमेत उनीहरुमाथि भएको हिंसा विरुद्ध लडेर न्याय दिलाएको स्मरण सुनाउँदै भन्नुहुन्छ – “मेरो उम्मेदवारी नै समाजमा हेपिएर उत्पीडित भएकाको उत्थान गर्नका लागि हो ।”

अझै पनि महिला बाहिर निस्किनु प¥यो भने श्रीमान्सँग पैसा मागेर हिँड्नुपर्ने अवस्था भएको बताउँदै उहाँ भन्नुहुन्छ – “महिलालाई सीप सिकाएर उद्यमशील बनाउँछु । सहुलियतमा ऋणको व्यवस्था गरेर स्वरोजगार बनाउने मेरो लक्ष्य छ ।”

हिंसामा परेका महिलाको अझै पनि न्यायमा पहुँच नपुगेको हुँदा आफूले जित्ने बित्तिकै नगरपालिका र वडामा ‘हेल्प डेक्स’ राखेर उनीहरुको न्यायमा पहुँच पु¥याउने सोच उहाँको छ । जिल्लामै कानुन व्यवसायीबाट उहाँ एक्लो उम्मेदवार हुनुहुन्छ ।

उहाँको बुझाइमा महिलाको सशक्तीकरणका लागि दर्बिलो खुड्किलो भनेको राजनीति नै हो । राजनीतिबाटै महिलाका आवाज अगाडि बढाउनसक्ने हुँदा उपप्रमुखको रुपमा उम्मेदवार बनेको श्रेष्ठ बताउनुहुन्छ ।
समाज रुपान्तरणको सपना साँच्नुभएकी श्रेष्ठ २०२६ सालमा आमा सुमित्रा देवी र बुबा खड्गबहादुर श्रेष्ठकी सुपुत्रीको रुपमा झापाको बुधबारेमा जन्मिनु भएको हो ।

विद्यार्थी जीवनदेखि अखिलबाट राजनीति सुरु गर्नुभएकी चन्द्राले २०५२ सालदेखि नै पार्टीको सदस्य भई सक्रिय राजनीति गर्दै आउनुभएको छ ।

उहाँ पार्टीको वडादेखि नगर, क्षेत्र हुँदै हाल जिल्लामा सक्रिय हुनुहुन्छ । श्रेष्ठ प्रगतिशील कानुन व्यवसायी सङ्घकी केन्द्रीय सदस्य तथा झापा बार इकाइको पनि सहसचिव हुनुहुन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्