काठमाडौं, १३ पुस — अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको आरोपमा अमेरिकाले रुसलाई सजाय दिन लागेको छ । राष्ट्रपति बाराक ओबामाले रुसविरुद्ध आर्थिक नाकाबन्दी र कूटनीतिक निन्दा लगायतका उपाय अपनाउन लागेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

ओबामा प्रशासनले यस सम्बन्धमा चालू प्रक्रियालाई अन्तिम रूप दिन लागेको छ । यही हप्ताभित्र यस सम्बन्धी घोषणा हुनेछ ।
विदेशबाट अमेरिकामा हुने साइबर आक्रमणप्रति कारवाही गर्नका लागि अमेरिकी राष्ट्रपतिलाई दिइएको कार्यकारी अधिकारमाथि हप्तौं बहस गरेपछि रुसविरुद्ध यस्तो प्रतिबन्ध लगाउन आँटिएको हो ।
उता रुसले भने अमेरिकी निर्वाचनमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएको छ ।
द वाशिङटन पोस्ट