डेनमार्क राष्ट्रिय फूटबल टोलीका मिडफील्डर क्रिस्चियन एरिकसनले मंगलवार इन्स्टाग्राममा आफ्नो तस्वीर राख्दै आफू ठीक भएको बताएका छन् ।
युरो २०२० को खेलमा मैदानमै मुटु नचलेर ढलेका एरिकसनलाई सीपीआर दिएर अस्पताल लगिएको थियो ।
‘अहिलेको परिस्थितिमा म ठीक छु । अस्पतालमा मेरो अझै केही स्वास्थ्य परीक्षण बाँकी छन् तर म सञ्चो अनुभव गरिरहेको छु,’ उनले लेखे ।