३० असार २०८३, मंगलबार

कर्णाली सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

कर्णाली सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

मंगलवारको प्रदेशसभा बैठकमा निर्णयार्थ पेश हुने नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गरेको हो ।

सर्वाेच्च अदालतले पुनर्बहाली गरिदिएका ४ सांसदमध्ये प्रकाश ज्वाला दलको बैठकमा सहभागी थिए भने सरकारमा सहभागी ३ सांसदहरू सहभागी थिएनन् ।

सांसद ज्वालाले संसद बैठकमा उपस्थिति हुने र विपक्षमा मतदान गर्ने बैठकमा जानकारी गराएका प्रमुख सचेतक गुलाबजङ्ग शाहले बताए । 

salt training

कमेन्ट गर्नुहोस्