२१ असार २०८३, आइतबार

प्रदेश २ मा कोरोना रोकथाम तथा उपचारका लागि २० करोड

प्रदेश २ मा कोरोना रोकथाम तथा उपचारका लागि २० करोड

२ नम्बर प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचारका लागि २० करोड रुपैयाँ बिनियोजन गरेको छ।

औषधि उपचार, अक्सिजन सिलिन्डर, रेमडिसिभर, रिएजेन्ट सहितका सामग्री खरिदका लागि उक्त रकम छुट्ट्याइएको छ। 

आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रदेश सभामा आर्थिक वर्ष २०७८/७९ को राजश्व तथा व्ययको अनुमानसहितको बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गरेका छन् ।

त्यसैगरी विभिन्न अस्पतालमा मशिन खरिदका लागि थप रकम छुट्ट्याइएको छ। 

त्यसबाहेक मिर्गौलाका बिरामीहरूका लागि ३५ थान डाइलाइसिस मशिन खरिद गर्नका लागि १२ करोड रुपैयाँ बिनियोजन गरिएको छ।

कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिइने उनले बताए।

salt training

कमेन्ट गर्नुहोस्