०५ साउन २०८३, मंगलबार

गण्डकीको बजेट घट्यो, ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक

गण्डकीको बजेट घट्यो, ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सार्वजनिक बजेट चालू आवको भन्दा ४ अर्बले कमी हो । 

नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आर्थिक मामिलामन्त्रीको हैसियतले मंगलवार गण्डकी प्रदेश सभामा बजेट सार्वजनिक गरेका हुन् । 

सार्वजनिक बजेटमा चालूतर्फ १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार छ भने पुँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार तथा वित्तीय व्यवस्थापनतर्फ २४ करोड विनियोजन गरिएको छ । 

प्रतिशतका आधारमा चालूतर्फ ४३.५ प्रतिशत र पुँजीगततर्फ (५५.५ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ (०.८ प्रतिशत) हुन आउँछ । 

बजेटमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान ७ अर्ब ४२ करोड २८ लाख, सशर्त अनुदान ४ अर्ब १८ करोड ४३ लाख, समपूरक अनुदान ८७ करोड ३६ लाख, विशेष अनुदान ५४ करोड ९० लाख रहेको छ । 

राजस्व बाँडफाँडबाट प्राप्त हुने ७ अर्ब ६२ करोड ७० लाख र रोयल्टीबाट ३० करोड एवं आन्तरिक ४ अर्ब ९७ करोड २७ लाख आन्तरिक आम्दानीबाट व्यहोर्दा ४ अर्ब १० करोड न्यून हुनेछ ।

न्यून बजेट पूर्ति गर्न चालू आवको असार मसान्तसम्म खर्च भई बाँकी हुन आउने अनुमानित नगद मौज्दात २ अर्ब १० करोड उपयोग गरिने छ । यसो गर्दा पनि अपुग हुन आउने २ अर्बमध्ये आन्तरिक ऋणबाट १ अर्ब र नेपाल सरकारसँगको ऋणबाट १ अर्ब व्यहोरिने उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्