३० जेठ २०८३, शनिबार

राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो सगरमाथा आरोहण दललाई आर्थिक सहयोग

राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो सगरमाथा आरोहण दललाई आर्थिक सहयोग

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रकृति जोगाऔं, जलवायु परिवर्तन न्यूनिकरण गरौं भन्ने मूल नाराका साथ प्रकृति जोगाऔं महाअभियान अन्तर्गत सगरमाथाको सफल आरोहण गर्ने बुवा पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एन्ड सन्स् क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ३ लाख रुपैयाँ बराबरको चेक आरोहण दललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई मंगलवार हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा गत २३ मेका दिन सगरमाथाको चुचुरोमा फहराइएको राष्ट्रिय वाणिज्य बैंकको झण्डाको तस्वीर बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई सगरमाथा आरोहीले हस्तान्तरण गरेका थिए ।

फादर एन्ड सन्स् क्याम्पेनले प्रकृति जोगाऔं महाअभियान अन्तर्गत ७ महादेश र ५ समुन्द्रको सफाइ विश्वकै पहिलोपटक गर्ने बताएको छ । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको झण्डा सगरमाथाको चुचुरोमा फहराएकोमा आरोही दललाई धन्यवाद ज्ञापन गर्दै कीर्तिमान कायम गर्ने मात्र नभएर वातावरण संरक्षण गर्ने विश्व अभियानलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

सगरमाथा हिमाल आरोही पूर्णकुमार शेर्पाले गत २३ मेका दिन बुवाछोराले सगरमाथाको सफल आरोहण गरी अभियान शुरू गरेको बताए ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, समरमाथा आरोही सोनाम शेर्पा, संयोजक राज वराईलीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख सरोज बस्नेतले सञ्चालन गरेका थिए ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतद्वय देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख, कम्पनी सचिव लगायत कर्मचारीको उपस्थिति रहेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्