×

NMB BANK
NIC ASIA

लुम्बिनीको बजेट ४ अर्ब बढ्यो, कोभिड नियन्त्रणमा केन्द्रित

असार १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

Muktinath Bank

बजेट चालू आर्थिक वर्षभन्दा ४ अर्ब ६१ करोड रूपैयाँ बढी हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रदेश सभामा पहिलो पटक बजेट प्रस्तुत गरेका छन् । 


Advertisment
Nabil box
Kumari

कूल विनियोजित बजेटमध्ये चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख (३६.४७ प्रतिशत) र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख (५१.७१ प्रतिशत) बजेट विनियोजन गरेका छन् ।

Vianet communication
Laxmi Bank

स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख विनियोजन गरेको छ । गत वर्ष ३६ अर्ब ३५ करोड बराबरको बजेट विनियोजन गरेको थियो । 

वित्तीय हस्तान्तरण कूल बजेटको ११.८२ प्रतिशत रहेको छ । आगामी आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमको लागि खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ४ अर्ब २९ करोड ५० लाख, राजस्व बाँडफाँडबाट १३ अर्ब २० लाख, रोयल्टीबाट १ अर्ब १ लाख, वित्तीय समानिकरण ८ अर्ब २ करोड, सर्शतबाट ६ अर्ब, समपुरकबाट ७२ करोड, विशेष अनुदानबाट २३ करोड र चालू बचतबाट ७ अर्ब अनुमान गरिएको छ । 

कोरोना नियन्त्रण, उपचार, स्वास्थ्य पूर्वाधार निर्माण र उत्पादन बजेटको प्राथामिकतामा परेका छन् । यसअघिका मुख्यमन्त्री शंकर पोखरेल आफैंले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी लिएकाले बजेट ल्याएका थिए । ३ वर्षसम्म आर्थिक मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शंकर पोखरेल सम्हाल्दै आएका थिए । 

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालको सहयोगमा सरकार गठन गरेका पोखरेलले वैशाख १९ गते वैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाएका थिए । 

कोरोना नियन्त्रण र रोजगारी सिर्जनालाई प्रदेशको बजेटले प्राथामिकतामा राखेको आर्थिक मामिला तथा योजना मन्त्रीले चौधरीले बताए ।

पढ्नुहोस् बजेटको पूर्णपाठ –

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x