२४ जेठ २०८३, आइतबार

पहिरोले ढोरपाटनका दुई परिवार विस्थापित

पहिरोले ढोरपाटनका दुई परिवार विस्थापित

निरन्तरको वर्षापछि खसेको पहिराले घर जोखिममा पारेपछि ढोरपाटन नगरपालिका–९ नवीका दुई परिवार विस्थापनमा परेका छन् । उनन्चालीस वर्षीय मीनबहादुर विक र ३३ वर्षीया मनरमा विकको घर पहिराको जोखिममा परेको हो ।

घरभन्दा १० मिटर माथिबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरमा बस्न सक्ने स्थिति नभएपछि दुवै परिवारका सदस्यले छिमेकीकहाँ आश्रय लिएका छन् । पहिरा खसेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

वर्षात्का कारण ठाउँठाउँमा पहिरा खस्ने तथा जमीन भासिने भए पनि कुनै अप्रिय घटना भने अहिलेसम्म नभएको जिप्रकाका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्