०४ असार २०८३, बिहीबार

राजपामा चर्को विवाद, पार्टी विभाजनको खतरा

कात्तिक २०, २०७४
राजपामा चर्को विवाद, पार्टी विभाजनको खतरा

राष्ट्रिय जनता पार्टीमा दोस्रो चरणको निर्वाचनमा सहभागिताबारे विवाद भएको छ । राजपाभित्र राजेन्द्र महतो र राजकिशोर यादवले निर्वाचनमा जान नहुने तथा महेन्द्र राय यादव र शरत्सिंह भण्डारीले निर्वाचनमा जानुपर्ने बताएपछि विवाद सुरु भएको हो । नेताहरू महन्थ ठाकुर र अनिल झा निर्वाचनमा जाने–नजाने विषयमा खुलेर बोलेका छैनन् । मधेसका २० जिल्लामा २६ सय वडाध्यक्ष र १० हजारभन्दा बढी वडा सदस्य निर्वाचित हुने स्थानीय तहमा सहभागी हुनुपर्ने राजपाका धेरै नेताको तर्क छ ।rajapa

मधेसकेन्द्रित दुई दल लोकतान्त्रिक फोरम र समाजवादी फोरम निर्वाचन अभियानमा रहँदा राजपा भने विरोधमा छ । निर्वाचनको वातावरण नबनेका कारण आफूहरू आन्दोलनमा रहेको र राजनीतिक सहमति भएमा निर्वाचनको माहोल बन्ने राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले बताए । तर, राजपाको केन्द्रिय समितिले निर्वाचनमा सहभागी हुने प्रस्ट धारणा नदिएपछि जिल्लाका नेताहरू भने अन्य दलमा प्रवेश गर्न थालेका छन् ।
राजपाले औपचारिक रूपमा निर्वाचनमा सहभागी नहुने निर्णय गरेमा एकीकृत भएका केही दल छुट्टिएर निर्वाचनमा जाने तयारीमा लागेका छन् । राजपामा एकीकृत भएका मधेसकेन्द्रित ६ दलका निर्वाचन चिह्न मतपत्रमा छापिइसकेको छ । त्यही निर्वाचन चिह्न लिएर पुरानै दलको हैसियतमा निर्वाचनमा उम्मेदवारी दिने सम्भावना बढेको राजपाकै एक नेताले बताए । स्रोतका अनुसार राजपाले निर्वाचनमा सहभागी नहुने निर्णय गरेमा महेन्द्र राय यादव र शरत्सिंह भण्डारीको टिम बाहिरिएर संघीय समाजवादी फोरमसँग तालमेल गरी निर्वाचनमा जान सक्नेछन्, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्