सिन्धुपाल्चोकको बाढीमा बेपत्ता १ जना व्यक्तिको शव काभ्रेमा फेला परेको छ ।
बाढीमा बेपत्ता ७ जनामध्ये १ जनाको शव काभ्रेको मन्जनदेउपुरमा फेला परेका नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुवँरले जानकारी दिए ।
उनका अनुसार १ जना चिनिया नागरिक समेत बेपत्ता रहेका छन् ।
हेलम्बुको पहिरोका कारण मेलम्ची डुबानमा परेको छ भने ईलाका प्रहरी कार्यालय, मेलम्चीको ड्यामसाइडमा रहेको सशस्त्र प्रहरी कार्यालय र नेपाली सेनाको कार्यालय विस्थापित भएको प्रहरीले जनाएको छ ।
बाढीले २ पक्की र १ झोलुङ्गे पुल गरी ३ वटा पुल बगाएको छ । बाढीले तटीय क्षेत्रका घरमा गरेको क्षतिबारे यकिन विवरण प्राप्त हुन सकेको छैन ।
‘प्रहरी कार्यालय नै क्षति भएकाले प्रहरी त्यहाँ जान सकेको छैन,’ प्रहरी प्रवक्ता कुवँरले भने ।