२२ जेठ २०८३, शुक्रबार

पहिराले घर पुरिँदा किशोरको मृत्यु

असार २, २०७८
पहिराले घर पुरिँदा किशोरको मृत्यु
प्रतिकात्मक तस्वीर

पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा मंगलवार पहिरोले पुरिएर १ किशोरको मृत्यु भएको छ ।

स्थानीय महेन्द्र भट्टराई क्षेत्रीको आफ्नै घर माथिबाट आएको पहिराले घर पुरिँदा उनका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरी चौकी हार्थोक र स्थानीयले उद्धार गरी उपचारका लागि पाल्पा अस्पताल पठाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले पुष्टि गरे ।

शव परीक्षण गरी शव आफन्तलाई बुझाइएको छ । घटनास्थलको मुचुल्का बनाई क्षतिको विवरण लिने कार्य भइरहेको हार्थोक प्रहरी चौकीका प्रमुख कृष्ण रेग्मीले जानकारी दिए ।

लगातारको वर्षाका कारण ग्रामीण भेगका धेरै घर जोखिममा परेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्