
तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङ घर भई हाल बेलायतमा रहेका अर्जुनबहादुर थापाले राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
बेलायतमा नमस्ते गोर्खा नेपलीज रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थापाले आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका हुन् ।
आविष्कार केन्द्रले कोभिड–१९ विरुद्ध गर्ने स्वास्थ्य सामग्री उत्पादन सहितका काममा योगदान पुगोस् भन्ने अभिप्रायले इन्टरनेसनल नेप्लीज सेफ्स सोसाइटीका अध्यक्ष समेत रहेका थापाले आर्थिक सहयोग गरेका हुन् ।
होटल म्यानेजमेन्ट एण्ड टे«निङ सेन्टरबाट तालिम लिएर पछि त्यहीँ प्रशिक्षक समेत रहेका थापाले नेपाल, दुबई, जापान र बेलायतमा नेपाली, भारतीय तथा अन्य विभिन्न खाना पकाउने काममा ३ दशकको अनुभव हासिल गरेका छन् ।
विगत डेढ दशकदेखि बेलायतमा रहेर विदेशी नेपालीमाझ प्रतिष्ठित सेफका रूपमा परिचित थापाले हाल लण्डनको फेल्थममा नमस्ते गोर्खा रेस्टुरेन्ट चलाउँदै आएका छन् ।
हाल लण्डनकै प्रसिद्ध फ्रेन्च कुकिङ स्कूलमा कुलीनरी आर्ट्स एण्ड म्यानेजमेन्टमा स्नातक अध्ययनरत थापा ब्रिटिस करी अवार्ड विजेता पनि हुन् । उनी बिजिनेस एडमिनिस्टे«सनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक हुन् ।