
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाढी–पहिरोमा बेपत्ता भएकाहरूको खोजी र पीडितलाई राहत दिन सरकारसँग माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेता कोइरालाले बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिन नेपाली कांग्रेसका नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।
कोइरालाले लेखेका छन्, ‘केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङ, चितवन लगायत देशका विभिन्न क्षेत्रमा बाढी–पहिरोबाट भएको ठूलो जनधनको क्षतिले स्तब्ध र असाध्यै मर्माहत बनाएको छ । यो कठिन अवस्थामा नेपाली कांग्रेस पार्टीको विभिन्न तहमा रहनुभएका साथीहरूलाई तत्काल आ–आफ्नो क्षेत्रमा उद्धार र राहतमा जुट्न आग्रह गर्दछु । तत्काल विपद्मा परेकालाई उद्धार गरेर सुरक्षित स्थानमा लैजान, बेपत्ताको खोजी कार्य गर्न र पीडितहरूलाई राहत दिन सरकारसँग जोडदार माग गर्दछु ।’