२२ जेठ २०८३, शुक्रबार

दुई दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग खुलाउन समस्या

दुई दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग खुलाउन समस्या
सांकेतिक तस्वीर

सडकमाथिबाट पहिरो खस्दा दुई दिनदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलाउन समस्या भएको छ ।

बैतडीको खोड्पेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको थियो ।  

लगातारको वर्षाका कारण सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

सडक माथिबाट ठूलो पहिरो खसेको र पहिरो पन्छाउन समस्या भएको हो । उनले भने, “जेसिबी मङ्गलबारदेखि तयारी अवस्थामा रहेको छ, लगातारको वर्षाले पहिरो खस्ने क्रम  नरोकिएकाले पन्छाउन समस्या भएको छ ।”

राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरू दुई दिनदेखि बीच बाटोमै रोकिएका छन् ।

बझाङबाट  धनगढी, महेन्द्रनगर, काठमाडौँ, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने ५० भन्दा बढी सवारी साधन र १०० भन्दा बढी यात्रुहरू पहिराेका कारण रोकिएका प्रहरीले जनाएको छ  ।

पहिरोका कारण उक्त राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्