भारतको आन्ध्र प्रदेशमा बुधवार सुरक्षाकर्मी र माओवादीहरूबीच भिडन्त हुँदा ६ जना माओवादीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।
थीगालामेत्ता जंगल क्षेत्रमा भिडन्त भएको हो ।
माओवादीहरूले सुरक्षाकर्मीमाथि गोली चलाएपछि जवाफी कारवाहीमा माओवादीहरू मारिएको विशाखापटनमका एसपी बी कृष्ण रावले बताए ।
माओवादीविरुद्धको कारवाहीका लागि विशेष तालिमप्राप्त ग्रेहाउन्ड्स भिडन्तमा संलग्न थिए । उनीहरूले उक्त क्षेत्रमा कम्बिङ गरिरहेका थिए ।
‘
घटनास्थलबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार, ५ जना माओवादीहरूका मृत शरीरसहित एके–४७ राइफल, एसएलआर, कार्बाइन, ३०३ राइफल र देशी कट्टा फेला परेको छ,’ विशाखापटनम जिल्ला प्रहरीले बतायो ।
खोजी कारवाही जारी रहेको र अतिरिक्त प्रहरी बललाई घटनास्थल पठाइएको प्रहरीको भनाइ छ ।