२२ जेठ २०८३, शुक्रबार

मुख्यमन्त्री राउतले गरे अक्सिजन प्लान्ट उद्घाटन

असार २, २०७८
मुख्यमन्त्री राउतले गरे अक्सिजन प्लान्ट उद्घाटन

मुख्यमन्त्री लालबाबु राउतले बुधवार जनकपुरधाममा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् ।

एसआरजे समूहद्वारा ७ करोड़को लागतमा जनकपुरधाम उपमहानगरपालिका–२३ मा स्थापना गरिएको सो ग्यास उद्योगबाट दैनिक ४५० वटा सिलिन्डर अक्सिजन उत्पादन हुने जनाइएको छ ।

सो अवसरमा मुख्यमन्त्री राउतले अक्सिजन उद्योगको स्थापनाले यस क्षेत्रमा अक्सिजनको अभाव नहुने विश्वास व्यक्त गरे ।

उनले उद्योग स्थापना गर्ने सञ्चालकलाई धन्यवाद दिँदै कोरोना महामारीसँग जुध्नमा अक्सिजन महत्त्वपूर्ण रहेको धारणा पनि राखे । एसआरजे समूहका अध्यक्ष शिवनन्दन साहको सभापतित्वमा भएको सो समारोहमा सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रदेशसभा सदस्य करिना बेगम, पूर्व कृषि मन्त्री हरिनारायण यादव, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्