×

NMB BANK
NIC ASIA

सम्पादकीय

मेलम्चीको महाविपत्तिबाट पाठ सिक्दै जोखिम न्यूनीकरणमा लागौं

असार ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

असार महिना शुरू भएलगत्तै देशका विभिन्न स्थानमा बाढीपहिरो र डुबान लगायतका प्राकृतिक विपत्ति शुरू भएका छन् ।

Muktinath Bank

सिन्धुपाल्चोकको मेलम्ची बजार र आसपासका क्षेत्रहरू अप्रत्यासित रूपमा आएको बाढीले नराम्रोसँग प्रभावित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेलम्ची नदीमा बाढीसँगै आएको लेदो माटोका कारण बजार क्षणभरमा बगरमा परिणत भएको छ । हेलम्बु र मेलम्ची क्षेत्रमा बाढीमा परी केही मानिसहरू बेपत्ता छन् ।


Advertisment
Nabil box
Kumari

मंगलवार रातिको बाढीले मेलम्ची बजारमा एक सयभन्दा बढी घरमा क्षति पुर्‍याएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।

Vianet communication
Laxmi Bank

केही पक्की पुल, केही झोलुंगे पुल, सरकारी कार्यालय, सडकलगायतका पूर्वाधारमा क्षति पुर्‍याएको छ ।

बुधवार मानवीय उद्धारमा लागेकाले भौतिक क्षतिको मूल्यांकन शुरू भएको छैन । बस्ने घरसँगै कतिपयका खेतबारी समेत बगरमा परिणत भएका छन् । 

यति ठूलो क्षति हुने गरी बाढी आउनुको खास कारण अहिलेसम्म यकिन भइसकेको छैन ।

तर मेलम्ची खानेपानीको मुहानभन्दा केही माथि गएको पहिरोका कारण मेलम्ची नदी थुनिएर बाढी आएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।

पहिरोले खोला थुनेको र पछि त्यहाँ जमेको पानी एकैपटक बाहिर निस्किँदा ढुंगा, माटो, रुखका जरा तथा ठुटाहरू बगाएर ल्याएको स्थानीयले बताएका छन् ।

कारण जे भएपनि विनाशकारी बाढीले मेलम्ची बजारलाई कुरूप मात्र बनाएको छैन दर्जनौँ परिवारको उठीबास लगाएको छ । 

बाढीले क्षति पुर्‍याएका घर पुनः प्रयोगमा ल्याउन मिल्ने/नमिल्ने अझै यकिन छैन ।

पक्की घरका दुई तलासम्म पुरिएकाले ती घर सफा गरेर तत्कालै पुनः प्रयोगमा ल्याउन सकिने अवस्था देखिएको छैन । 

विस्थापितहरूको पुनःस्थापना जटिल बनेको छ । 

सामाजिक सञ्जालमा टिप्पणी भएजस्तो मेलम्चीमा सबै घर खोला मिचेर बनाइएका होइनन् । खोलाको सतहभन्दा धेरै माथिसम्म पनि बाढी आएकाले पक्की पुल समेत बगेका छन् ।

खोला मिचेर घर बनाउँदा घर डुबेको भनेर गरिने हल्का टिप्पणीले पीडितहरूलाई झनै मर्माहत बनाउँछ । यो विनाशकारी बाढी दुर्लभै हुने विपत्ति हो । 

२०७२ सालमा गएको विनाशकारी भूकम्पले सिन्धुपाल्चोकका जमिनमा धाँजा फाटेको थियो । ठूलो वर्षा हुँदा पहिरो जाने क्रम विगतका वर्षमा पनि भएको थियो ।

यसपटक पनि ठूलो वर्षापछिको पहिरोले खोलाको बहाव थुन्दा विनाशकारी बाढी आएको स्थानीयको बुझाइ छ । 

वर्षायाम शुरू भएलगत्तै मेलम्ची बजारलाई बगर बनाउने गरी आएको बाढी प्रकृतिक प्रकोप र विपदको पूर्व तयारीका लागि अन्य क्षेत्रका लागि पनि पाठ हुनसक्छ ।

केही दिन पहिले मनाङमा पनि यस्तै बाढी आएको थियो ।

विकासमा नाममा पहाडको टुप्पोसम्म अनियन्त्रित तरिकाले डोजर चलाउँदा बाढी र पहिरोजस्ता विपत्ति आइरहेका छन् ।

यस्ता बाढी पहिरोबाट धन जनको सुरक्षाका लागि पूर्वसूचना प्रणाली विकास गर्न जरुरी छ । 

मेलम्चीमा विस्थापितका लागि तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना प्याकेज ल्याउन जरुरी छ । 

कोरोना महामारीसँग जुधिरहेका स्थानीय सरकारले वर्षायाममा हुनसक्ने बाढीको विपत्तिका लागि पनि पूर्वतयारी गर्नुपर्ने भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x