२१ जेठ २०८३, बिहीबार

नेपाली कांग्रेस बीपीको आयोजनामा काठमाडौंमा रक्तदान

असार ३, २०७८
नेपाली कांग्रेस बीपीको आयोजनामा काठमाडौंमा रक्तदान
प्रतिकात्मक तस्वीर

बढ्दो कोरोना संक्रमणको समयमा देशभर रगत अभाव भइरहेका बेला नेपाली कांग्रेस बीपी केन्द्रीय समितिको आयोजनामा ‘रक्तदान जीवन दान’ भन्ने नारासहित बुधवार काठमाडौंको महाराजगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । 

रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । पार्टी केन्द्रीय कार्यालयका सचिव सुशीलराज वाग्लेले कोरोना महामारीका समयमा रगतको अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभर रगत अभाव भइरहेका बेला नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न आम नागरिकलाई आह्वान समेत गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्