२२ असार २०८३, सोमबार

रियाल मड्रिड छोडेपछि किन अर्धनग्न भएर दौडिए सर्जिओ रामोस ? (भिडियो)

असार ३, २०७८
रियाल मड्रिड छोडेपछि किन अर्धनग्न भएर दौडिए सर्जिओ रामोस ? (भिडियो)

स्पेनको रियाल मड्रिड क्लबमा १६ वर्ष बिताएका डिफेन्डर सर्जिओ रामोसले क्लब छोड्ने निर्णय लिँदा सबैजना छक्क परेका छन् । 

क्लब छोडेपछि रामोसले भित्री कट्टु र हातमा पञ्जा मात्र लगाएर पाखोमा दौडिएको भिडियो सार्वजनिक गरेका छन् । आफूमा स्टामिना रहेको देखाउन उनले यसो गरेका हुन् ।

क्लब अध्यक्ष फ्लोरेन्तिनो पेरेजसँग मनमुटाव भएपछि रामोसले क्लब छोड्ने निर्णय लिएका हुन् । युरो कपमा पनि रामोस छानिएका छैनन् । 
 

करीयरको अन्त्यतिर पुग्न लागेका रामोसको साटो नयाँ खेलाडीलाई मौका दिन स्पेन र रियाल मड्रिड दुवैले चाहेको बताइएको छ । 

तर रामोस अझै पनि मजबूत खेलाडी हुन् र उनमा फूटबलको लामो अनुभव छ । युरोपका शीर्ष क्लबहरूले उनलाई भित्र्याएर डिफेन्स बलियो बनाउन खोजेको चर्चा चलेको छ । 

त्यसैले आफूलाई किन्न सक्ने क्लबहरूलाई आफू पूरै फिट छु भनी देखाउनका लागि रामोस अर्धनग्न भएर दौडिएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्