विश्व स्वास्थ्य संगठनको मस्यौदा विश्वव्यापी अल्कोहल कार्ययोजना २०२२–२०३० मा १८ देखि ५० वर्ष उमेरका महिलालाई रक्सी पिउन प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरिएको छ ।
उक्त उमेर सीमाका महिलालाई पटक्कै रक्सी नपिउन दिन नहुने किनकि त्यस उमेरमा गर्भवती हुँदा भ्रूणको बच्चालाई हानि गर्ने संगठनको भनाइ छ ।
बालबालिका तथा वयस्कलाई मदिरापानको आरम्भ गर्नबाट रोक्ने तथा गर्भवती महिला र बच्चा पाउन योग्य महिलाले कुनै हालतमा पनि रक्सी पिउन नहुने विज्ञहरूको भनाइ छ ।
थिंकट्यांक इन्स्टिच्युट अफ इकोनोमिक अफेयर्सका क्रिस्टोफर स्नोडनले चाहिँ यो सल्लाह अवैज्ञानिक, आदेशात्मक र विसंगत रहेको बताए ।
बेलायतको मदिरा व्यवसायी संस्थाको प्रतिनिधित्व गर्ने पोर्टम्यान ग्रुपका म्याट लाम्बर्टले यो प्रस्ताव लिंगभेदी र हेपाहा किसिमको भएको बताए ।
तर गर्भवती महिलाले रक्सी पिउँदा भ्रूणको राम्रो विकास हुन नपाउने र गर्भ खेर जाने सम्भावना बढ्ने विभिन्न अध्ययनले देखाएका छन् ।