२५ जेठ २०८३, सोमबार

कोलम्बियामा दुईवटा डरलाग्दा बम विस्फोट, ३६ जना घाइते (भिडियो)

असार ३, २०७८
कोलम्बियामा दुईवटा डरलाग्दा बम विस्फोट, ३६ जना घाइते (भिडियो)

कोलम्बियाको कुकुता शहरमा रहेको एक सैन्य अड्डामा दुईवटा विशाल बम विस्फोटनका घटना भएको त्यहाँका रक्षामन्त्री डिएगो मोलानोले पुष्टि गरेका छन् । 

मंगलवार अपराह्न राष्ट्रिय सेनाको तीसौं ब्रिगेडले उपयोग गरेको भवनमा भएका विस्फोटका कारण ३६ जना घाइते भएका छन् । तीनजनाको स्थिति गम्भीर रहेको रक्षामन्त्री मोलानोको भनाइ छ । 

दुईजना एउटा सेतो टोयोटा पिकअपमा आएर अड्डाअगाडि रोकिएको र आफूलाई अधिकारी भनी चिनाएको अनि त्यसको केही समयपछि विस्फोट गराएको मोलानोले जानकारी दिए । 

कुनै समूहले विस्फोटनको जिम्मेवारी नलिएको भए पनि रक्षामन्त्रीले नेसनल लिबरेसन आर्मी नामक विद्रोही समूह यसका लागि जिम्मेवार रहेको हुन सक्ने मोलानोले बताए । 
 

रिभोल्युसनरी आर्म्ड फोर्सेस अफ कोलम्बिया (फार्क) का विद्रोहीहरू पनि शंकाको घेरामा रहेको उनले बताए । 

सन् २०१६ मा सरकार र फार्कबीच भएको शान्ति सम्झौताले दशकौंदेखिको द्वन्द्व अन्त्य गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्