२१ जेठ २०८३, बिहीबार

गण्डकीको विपद् कोषमा पाँच करोड, मुख्यमन्त्री पोखरेल आजै मनाङ जाने

गण्डकीको विपद् कोषमा पाँच करोड, मुख्यमन्त्री पोखरेल आजै मनाङ जाने

गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोड रुपैयाँ राख्ने निर्णय गरेको छ ।

पछिल्ला दिनमा प्रदेश अन्तर्गतका जिल्लामा अविरल वर्षासँगै ठाउँ ठाउँमा क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि सो रकम राख्ने निर्णय गरिएको हो ।

प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा आज बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो ।

हिमाल पारीको जिल्ला मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकनका लागि मुख्यमन्त्रीसहितको टोली आजै मनाङ जाने भएको छ ।

गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित मनाङ जान लागिएको हो ।

बैठकमा मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्ला स्थित सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयलाई विपद्को यस अवस्थामा तत्काल उद्वार एवम् सहयोगमा लाग्न र पूर्वतयारीमा रहन निर्देशन दिए ।

वर्षाका कारण अवरुद्ध सडक तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रबन्ध मिलाउन उनले निर्देशन दिए ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले पदबहाली भएकै दिनमा गरिएको निर्णय अनुसार विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तत्काल निर्माण गरी कार्यान्वयनमा ल्याउन पनि निर्देशन दिएका छन् ।

सरकारले प्रदेशका नौ जिल्लाका लागि १०÷१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि २/२ लाख रुपैयाँ यसअघि नै पठाइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्