
नेपालको गण्डकी नदीको क्याचमेन्ट क्षेत्रमा विगत ४८ घन्टामा अभूतपूर्व रूपमा २५० मिलिमिटरको मुसलधारे वर्षा भएपछि भारतको बिहार राज्यमा चिन्ताको लहर दौडिएको छ ।
वाल्मीकिनगर बराजबाट चार लाख क्युुसेक पानी छोडिँदा उत्तरी बिहारका कैयौं जिल्ला बाढी तथा क्षतिको जोखिममा परेको बिहारको जलस्रोत विभागले जनाएको छ ।
पश्चिम नेपालमा पूर्वानुमान गरेभन्दा बढी वर्षा भएको छ ।
पश्चिम चम्पारन, पूर्वी चम्पारन, गोपालगञ्ज, सरन र सिवान जिल्लाहरूका साथै नेपालसँग सीमा जोडिएका जिल्लालाई उच्च सतर्कताको स्थितिमा राखिएको छ ।
भारतको सीमा सुरक्षा बलको झण्डुतलास्थित बोर्डर आउटपोस्ट तीन फीट पानीमा डुबेको छ । एसएसबीका जवानहरू डुंगामा चढेर सीमा निगरानी गरिरहेका छन् ।