
बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्रीसहित मनाङ प्रस्थान गरेका छन् ।
औषधि, खाद्य सामग्री र टेन्ट लिएर मुख्यमन्त्री पोखरेल, मन्त्री मनाङेसहितको टोली मनाङ प्रस्थान गरेको हो ।
मुस्ताङका सांसद चिन्तबहादुर घले पनि मुख्यमन्त्री पोखरेलसँगै मनाङ गएका छन् ।
गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टर व्यवस्थापन गरिएको हो ।
मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको तालगाउँ लगायतका क्षेत्रमा क्षति पुर्याएको छ ।
गण्डकी प्रदेश सरकारले बाढी प्रभावितलाई राहतका लागि ५ करोड रुपैयाँ छुट्टाउने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।