२२ जेठ २०८३, शुक्रबार

अमेरिकाले ट्रिनिडाड यान्ड टोबागोलाई पठायो जम्मा ८० वटा खोप, चीनले उडायो मजाक

असार ३, २०७८
अमेरिकाले ट्रिनिडाड यान्ड टोबागोलाई पठायो जम्मा ८० वटा खोप, चीनले उडायो मजाक

कोरोना संकटको बेलामा अमेरिका र चीनले खोप कूटनीति अपनाउँदै आआफ्नो छवि चम्काउने प्रयास गरिरहेका छन् । 

खोप बनाउन र किन्न अक्षम गरीब मुलुकहरूलाई यी दुवै देशले खोप उपलब्ध गराइरहेका हुन् । 
 

यसैबीच अमेरिकाले ट्रिनिडाड यान्ड टोबागो नामक देशलाई जम्मा ८० भियाल खोप पठाएको छ । यति थोरै खोप पठाएकोमा चीनको सरकारी मिडियामा मानिसहरूले मजाक उडाएका छन् । 

चन वेहुआले यो त नर्सिङ होमलाई दान दिएजतिको मात्रा भएको बताए । 

अमेरिकाको परराष्ट्र मन्त्रालयले यति थोरै फाइजर खोप दान दिएको विषयमा ट्वीट गरेपछि चिनियाँहरूले मजाक उडाउने अवसर पाएका हुन् । 

अमेरिकाका राष्ट्रपति जो बाइडनले खोप कूटनीतिमार्फत संसारभरिबाट सद्भावना प्राप्त गर्न फाइजरको खोप गरीब देशहरूलाई बाँड्ने बताएका थिए । अमेरिकाले जुन महिनाको अन्त्यसम्ममा ८ करोड डोज दान गर्ने वाचा गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्