०६ असार २०८३, शनिबार

कोरोना संक्रमणपछि बेड नपाएर ज्यान गुमाएका बुवाको किरिया बसिन् छोरी

असार ३, २०७८
कोरोना संक्रमणपछि बेड नपाएर ज्यान गुमाएका बुवाको किरिया बसिन् छोरी

कोरोना संक्रमणबाट ज्यान गुमाएका बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य नवीन थापाको किरिया छोरीले गरेकी छन् ।

वैशाख २४ गते आईसीयू बेड नपाउँदा भैरहवाको युनिर्भसल कलेज अफ मेडिकल साइन्सजेज (युसिएमएस) अस्पतालबाहिर एम्बुलेन्समै थापाको मृत्यु थियो । 

थापाकी २१ वर्षिया छोरी इशा बुधबारदेखि किरिया बसेकी हुन् । परिवारकी एक्ली छोरी इशाले बाबाको किरिया आफैँले गर्ने इच्छा जाहेर गरेपछि परिवारले उनलाई नै अगाडि सारेको हो ।

छोरा र छोरी समान हुन्, किरिया छोरी पनि बस्न सक्छन् भनेर आफूले बुवाको किरिया गरेको इशाले बताइन् । 

नवीनको परिवारले उनको निधन भएको एक महिना ९ दिनपछि असार २ गतेबाट धार्मिक संस्कार अनुसार काजक्रिया शुरू गरेको एमाले स्थानीय नेता विकासजंग बस्नेतले जानकारी दिए । 

४४ वर्षीय नविन एमाले वडा पार्टी कमिटीका अध्यक्ष समेत थिए ।

परिवारको चाहना र पण्डितसँगको सल्लाहमा ४५ दिनका दिन काजक्रिया सम्पन्न गर्ने गरी काजक्रिया शुरू गरिएको ।

वैशाखमा यस क्षेत्रमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदा अस्पतालहरूमा बेडको चरम अभाव थियो । 

salt training

कमेन्ट गर्नुहोस्