२८ जेठ २०८३, बिहीबार

चार फीट लामो कपालका कारण यी महिलालाई करोडौं रुपैयाँको अफर

असार ३, २०७८
चार फीट लामो कपालका कारण यी महिलालाई करोडौं रुपैयाँको अफर

बेलायतको म्यानचेस्टरमा बस्ने एक महिला घना कपालका कारण चर्चित छिन् । 
 

कट्रिना डेमर्स नाम गरेकी यी महिलाको कपाल चार फीट १० इन्च लामो छ ।

१० वर्षको उमेरदेखि उनले कपाल पाल्न थालेकी हुन् । 
 

कट्रिनाका अनुसार, उनको कपाल देखेर पुरुषहरू एकदमै उत्साहित हुन्छन् । कपाल छुनका लागि मात्र पनि उनीहरू पैसा दिन तयार छन् । 

एक पुरुषले कपाल किन्नका लागि ४ करोड रुपैयाँ दिने प्रस्ताव समेत गरेको उनले बताइन् । 

हेयर मोडल कट्रिना हप्ताको दुईपटक कपाललाई श्याम्पूले नुहाउँछिन् । कपाल नुहाउन र सुकाउन उनलाई दुई घन्टा लाग्छ । दिनदिनै उनी कन्डिसनर लगाउँछिन् । 

यति लामो कपाल हुँदा टाउको तातो रहने उनको भनाइ छ । कपाललाई स्वस्थ राख्नका लागि उनी प्रत्येक महिना केही इन्च ट्रिम गर्छिन् । ट्रिम पनि नगर्ने हो भने कपालले भुइँ छुने उनी बताउँछिन् । 

उनी आफ्नो लामो कपालका तस्वीर इन्स्टाग्राममा शेयर गरिरहन्छिन् । 

salt training

कमेन्ट गर्नुहोस्